काठमाडौं । सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ ।
बिहीबार सुन तोलाको ९० हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा ३ सय रुपैयाँ घटेर सुन तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य घटेपनि चाँदीको भने स्थिर छ । बिहीबार चाँदी तोलाको १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।