logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • बिहीवार पनि रोकिएन शेयर बजारमा पहिरो, कारोबार रकममा पनि कमी

    बिहीवार पनि रोकिएन शेयर बजारमा पहिरो, कारोबार रकममा पनि कमी

    3.7K
    Shares

    काठमाडाैं । साताको अन्तिम कारोबारको दिन बिहीवार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीवार नेप्से परिसूचक १६.९६ अंकले घट्दा शेयर बजार २८४३.०० विन्दुमा झरेको छ । 

    यस दिन सेन्सेटिभ परिसूचकमा पनि गिरावट आएको छ । सूचक ३.१७ अंकले घट्दा बजार ५२५.६४ विन्दुमा झरेको छ । 

    बिहीवार २ सय १९ कम्पनी कारोबारमा आएका थिए । यी कम्पनीहरूले १ करोड ३२ लाख १० हजार ३६९ कित्ता शेयर ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७४० रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । 

    यस दिन जलविद्युत समूहतर्फ लगानीकर्ताको आकर्षण देखिएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

    कारोबारको केही समयमा नै यस कम्पनीको शेयर मूल्य ९.८८ प्रतिशतले बढ्दै सर्किट लेभलमा कारोबार भएको थियो ।  कम्पनीको शेयर मूल्य ६७ रुपैयाँले बढ्दै ७४५ रुपैयाँ पुगेको छ ।

    यस्तै छिमेकी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । 

    बिहीवार कारोबारमा आएका उपसमूहमध्ये जलविद्युत र होटल तथा पर्यटनबाहेक अन्य सबैको सूचकमा गिरावट आएको छ । 

    कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयर सबैभन्दा धेरै ३७ करोड ७६ लाख २२ हजार ४७० रुपैयाँ बराबरको कारोबार भएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend