चीनले तिब्बतमा बुलेट रेल सुरु गरेको छ । बुलेट रेल तिब्बतको राजधानी ल्हासा र निंगचीको बीचबाट गुड्नेछ ।
चीनको सरकारी समाचार संस्था सिन्हुवाका अनुसार तिब्बतको स्वयत्त इलाकामा पहिलो पल्ट बिजुलीबाट संचालन हुने बुलेट ट्रेन सुरु भएको हो । सिचुवान तिब्बत रेलवे तिब्बतको भित्र किंगाची तिब्बत रेलवेपछि सुरु हुन्छ ।
नोवेम्भरमा चिनियाँ राष्ट्रपति सि चिनफिनले तिब्बतमा नयाँ रेल परियोजना सुरु गर्न निर्देशन दिएका थिए । यो सेवा सुरु भएसँगै ल्हासा र चेन्गदुको बीचको यात्रा ४८ घण्टाबाट घटेर १३ घण्टामा झरेको छ ।