logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • युरोकपमा शनिबारदेखि नकआउट चरणका खेल

    युरोकपमा शनिबारदेखि नकआउट चरणका खेल

    1.7K
    Shares

    युरोकप फुटबलमा शनिबारदेखि नकआउट चरणको खेल हुँदैछ । 

    नकआउट चरणको पहिलो खेलमा शनिबार राति वेल्स र डेनमार्क खेल्नेछन् । खेल नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा नेपाली समय अनुसार राति पानै १० बजे सुरु हुनेछ । 

    वेल्स समूह ‘ए’ को तथा डेनमार्क समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका हुन् । समूह चरणको पहिलो खेलमा स्विट्जरल्यान्डसँग १-१ को बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २-० ले हराएको थियो । तेस्रो खेलमा भने इटालीसँग १-० ले पराजित भएको थियो।

    यस्तै समूह चरणको पहिलो खेलमा फिनल्याण्डसँग १-० ले पराजित भएको डेनमार्क दोस्रो खेलमा बेल्जियमसँग २-१ ले पराजित भएको थियो । तर, अन्तिम खेलमा रुसलाई ४-१ ले हराउँदै समूह उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो।

    डेनमार्क र वेल्सबीच अहिलेसम्म १० पटक प्रतिस्पर्धा भएको छ । जसमा डेनमार्क ६ पटक र वेल्स ४ खेल पटक विजयी भएको छ । 

    यस्तै नकआउट चरणको दोस्रो खेलमा शनिबार राति पौने १ बजे इटाली र अष्ट्रिया खेल्नेछन् । यो खेल इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुनेछ । समूह ‘ए’ को विजेता इटाली र समूह ‘सी’ को उपविजेता अष्ट्रियाबीच प्रतिस्पर्धा हुन लागेको हो । 

    पहिलो खेलमा टर्कीलाई ३-० ले हराएको इटालीले दोस्रो खेलमा स्विट्जरल्यान्डलाई ३-० तथा तेस्रो खेलमा वेल्सलाई १-० ले हराएको थियो।

    यस्तै पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३-१ ले हराएको अष्ट्रिया दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २-० ले पराजित भएको थियो । तर अन्तिम खेलमा युक्रेनलाई १-० ले हराउँदै अष्ट्रिया पहिलो पटक नकआउट चरणमा पुगेको हो। 

    इटाली र अष्ट्रियाबीच अहिलेसम्म १३ पटक प्रतिस्पर्धा १० पटक इटाली विजयी भएको छ । तीन खेल भने बराबरीमा सकिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend