logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • धेरै ठाउँमा वर्षा : बाढी पहिराेकाे जाेखिम

    धेरै ठाउँमा वर्षा : बाढी पहिराेकाे जाेखिम

    2.4K
    Shares

    काठमाडौं । मनसुन सक्रिय भएसँगै रातिदेखि नै धेरै ठाउँमा पानी परिरहेको छ । 

    केही ठाउँमा भने भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारी वर्षा भएसँगै शनिबार बाढी, पहिरो र डुबानको जोखिम रहेको भन्दै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

    महाशाखाका अनुसार शनिबार झापा, सुनसरी, सिरहा, सप्तरी, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, काठमाडौं, परासी र नवलपुरका नदीमा एक्कासी बाढी आउन सक्ने भन्दै महाशाखाले नदी तटीय क्षेत्र तथा भिरालो जमिन आसपासका बासिन्दालाई सचेत हुन अनुरोध गरेको हो । 

    Flood-alert.png

    शनिबार देशभरीकै मौसम बदली भइ धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मनसुनी वायुको प्रभाव र दक्षिणी भूभाग नजिक रहेको मनसुनी न्युनचापिय रेखाको प्रभावले शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

    मनसुनी वायु र देशको दक्षिणी भूभाग नजिक रहेको मनसुनी न्युनचापिय रेखाको प्रभावले अहिले पनि प्रदेश १,  २ र बागमती देशका केही स्थानमा भारी वर्षा भइरहेको छ । 

    मौसमविद्का अनुसार प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ। ठूलो पानी परेपछि बाढी, पहिरो र डुबानको जोखम हुनसक्ने भन्दै मौसमविद्ले भिरालो जमिन आसपास र नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् । 

    यस्तै शनिबार राति प्रदेश १, २ र  लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ । अरु ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    यस्तै आइतबार दिउँसो प्रदेश १ र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ । देशका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राती प्रदेश १, २ र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ। देशका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    यसैगरी सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश१ का एकदुई स्थानमा भारी वर्षा हुँदा प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केहि स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend