logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • निन्द्रा कम लाग्छ ? जान्नुहोस् किन ? 

    निन्द्रा कम लाग्छ ? जान्नुहोस् किन ? 

    3.1K
    Shares

    एजेन्सी । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण तिब्रगतिमा फैलिरहेका बेला बिरामी भएका १० मध्ये ३ जनामा निन्द्रासँग सम्बन्धित समस्या भएको पाइएको छ ।

    महामारी अघि पनि १० मध्ये ३ जनामा कुनै न कुनै तरिकाले निन्द्रासँग सम्बन्धित समस्या हुने गरेको थियो । तर निन्द्रासँग जोडिएको सबै समस्या रोग हुन्छ भन्ने हुँदैन । त्यही भएर निन्द्रा नलाग्नु कतिबेला रोग बन्न सक्छ र डाक्टरको सल्लाह लिनुपर्छ भन्ने जानकारीमा राख्नु आवश्यक छ ।
     
    निन्द्राको विकासक्रम 

    इन्टीच्यूट अफ ह्यूमन बिहेवियर एण्ड एलाएड साइन्सेसका वरिष्ठ मनोचिकित्सक डा. ओमप्रकाश भन्छन् निन्द्राको एक साइकल ९० मिनेटको हुन्छ । एक रातको निन्द्रामा कम्तिमा  ४ ५ साइकल पूरा हुन्छ । 

    उनका अनुसार ९० मिनेटको साइकलको पहिलो चरणलाई नन र्यापिड आई मुभमेन्ट (एनआरइएम) निन्द्रा भनिन्छ । बोलिचालीको भाषामा यसलाई गहिरो निन्द्रा भनिन्छ । यो दोस्रो चरणको भन्दा लामो समयसम्म चल्छ । सुत्नुअघिको पहिलो ६० देखि ७० मिनेटसम्म चल्छ । 

    दोस्रो चरणलाई र्यापिड आई मुभमेन्ट (आरइएम) निन्द्रा भनिन्छ । यो समयमा हामी सपना धेरै देख्छौं । धेरैजसो समय यो निन्द्रामा देखिएको सपना याद हुन्छ । जब हामी निदाउँछौं तब बिस्तारै पहिलो चरण घटेर दोस्रो चरण बढ्दै जान्छ । निन्द्रासँग सम्बन्धित रोग यिनै दुई चरणसँग सम्बन्धित समस्या हुन्छ । 

    जसलाई एनआरइएम चरणसँग सम्बन्धित समस्या हुन्छ उनीहरु आफूलाई केही होस नभएको र निकै राम्रो निन्द्रा लागेको बताउँछन् । तर आरइएमको चरणमा समस्या रहेकाहरु बिहान छिटै उठेको वा राम्रोसँग सुत्नै नपाएको गुनासो गर्छन् । 

    निन्द्रासँग जोडिएको समस्या, कतिबेला बन्छ रोग 

    निन्द्रासँग जोडिएको रोगको कुरा गर्दा विभिन्न समस्या देखिन सक्छ । जस्तै निन्द्रा नलाग्नु, धेरै निदाउनु, निन्द्रामा घुर्नु, निन्द्रामा डरलाग्दो आक्रमण हुनु । डा. ओमप्रकाश भन्छन् निन्द्रामा कुनै तरिकाको तनाव हुनु र त्योसँग सम्बन्धित रोग लाग्नुमा फरक छ । 

    सबै मानिसमा महिनामा तीन चार दिन निन्द्रा नआउने समस्या रहन्छ । यस्तो अवास्थामा निन्द्रा सम्बन्धि रोग लाग्यो भन्न सकिँदैन । डिप्रेशन, एङजाइटी वा तनावसँग सम्बन्धित रोगीमा यो समस्या धेरै देखिएको छ । यसको केही दुष्प्रभाव छ स्मरण शक्ति घट्नु, निर्णय लिने क्षमता कम हुनु, संक्रमण र मोटोपना बढ्नु । 

    निन्द्रा सम्बन्धी रोगको सुरुवाती लक्षण 

    • पहिलो निन्द्राको घटनामा कमि
    • दोस्रो निन्द्राको गुणस्तरमा ध्यान
    • तेस्रो निन्द्राको समयमा समस्या

    उपचार के ? 

    • सुत्नुभन्दा दुई घण्टाअघि चिया कफी नपिउने
    • भारी भोजन नगर्ने
    • सुत्नुअघि धुमपान गर्दै नगर्ने
    • सुत्नको लागि छुट्टै खाट र ठाउँ तय गर्नुहोस् । त्यहाँ खाने, पढ्ने र खेल्ने जस्ता काम नगर्ने
    • दिउँसो एकैछिन सुत्नको लागि पनि आफ्नो खाटमा नसुत्ने
    • सुत्नुभन्दा दुई घण्टा अघि स्क्रिन नहेर्ने
    • बेला बेला शौचालय जानुपर्ने समस्या छ भने डाक्टरको सल्लाह लिने
    • मधुमेह र उच्च रक्तचापको समस्या छ भने औषधि समयमा लिने
    • दैनिक काम रुटिन बनाएर गर्ने जसमा सुत्ने, उठ्ने र व्यायामको समय छुट्याउने ।

    यी तरिका अपनाए निन्द्रामा आउने समस्या हट्नेमा मनोचिकित्सकले विश्वास लिएका छन् । तर यति गर्दागर्दै पनि समस्या आए चिकित्सकको सल्लाह लिन आवश्यक छ । डाक्टरको सल्लाहमा २ देखि ३ हप्ता औषधि आए समस्या हट्ने डाक्टरको भनाइ छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend