काठमाडौं । वेल्सलाई पराजित गर्दै डेनमार्क युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको पहिलो प्रि-क्वाटरफाइनलमा १० खेलाडीमा सिमित वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको हो ।
युसुफ पउलसेन घाइते भएपछि उनको स्थानमा पहिलो रोजाइमा खेलेका डोलबर्गले दुवै हाफमा एकरएक गोल गरे । यस्तै योकिम माहेले र मार्टिन ब्रेथवेइटले एकरएक गोल गरे।
खेलको २७औं मिनेटमा डोलबर्गले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमै डोलवर्गले व्यक्तिगत दोस्रो गोल गर्दै डेनमार्कलाई २-० को अग्रता दिलाए । वेल्सका निको विलियम्सले क्लियर गरेको बल नियन्त्रणमा लिदैं उनले ४८ औं मिनेटमा गोल गरेका थिए ।
खेलको ८८ औं मिनेटमा माहेलले गोल गर्दै डेनमार्कलाई ३(० को अग्रता दिलाए । जेनसनको पासमा उनले सहजै गोल गरे । इन्जुरी टाइममा ब्रेथवेइटले गोल गरेपछि डेनमार्कले फराकिलो जित हात पार्यो । ब्रेथवेइटको गोलले भिएआरको सहयोगमा मान्यता पाएको थियो।
डेनमार्क सन् २००४ पछि पहिलो पटक क्वाटरफाइनल पुगेको हो । यस जितसँगै डेनमार्क जारी युरोकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । वेल्स भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ ।
अब डेनमार्कले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ ।