logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • निर्वाचनका लागि अर्थ मन्त्रालयले दियो ७ अर्ब ७२ करोडको सहमति 

    निर्वाचनका लागि अर्थ मन्त्रालयले दियो ७ अर्ब ७२ करोडको सहमति 

    1.5K
    Shares

    काठमाडाैं । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ ।

    २०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मङ्सिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले जनाएकाे छ । 

    प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुने मन्त्रालयले जनाएकाे छ ।

     
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend