फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ ।
स्थानीय समय अनुसार आइतबार बिहान भएको दुर्घटनामा परेर २९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
९० जना बढी सवार विमान दुर्घटना हुँदा ५० जना घाइते भएका छन् भने १७ जना सम्पर्कबिहीन भएका छन् । घाइतेलाई अस्पताल भर्ना गरिएको छ ।
कि सी-१३० विमान सुलु प्रान्तको जोलो द्वीपमा अवतरणको क्रममा दुर्घटना भएको हो । दुर्घटनापछि विमानमा आगो लागेको थियो ।