काठमाडौं । प्रशिक्षक निशान श्रेष्ठ र फिजियो अनिश बुढाथोकी भारतीय क्लब मिनेर्वा पन्जावमा अनुबन्ध भएका छन ।
प्रशिक्षक श्रेष्ठ सिनियर टिमको सहायक प्रशिक्षक र बुढाथोकी टिम फिजियोको रुपमा भारतीय क्लबमा आवद्ध भएका हुन् । मछिन्द्र फुटबल क्लबको सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका श्रेष्ठ नेपाल सुपर लिगमा विराटनगर सिटी एफसीको सहायक प्रशिक्षक थिए ।
मनाङ मर्स्याङ्दी क्लबका फिजियोको रुपमा काम गरिसकेका बुढाथोकीले भने नेपाल सुपर लिगमा विराटनगरकै टिम फिजियो रहेका थिए । उनीहरुले क्लबसँग आधिकारीक हस्ताक्षर हुनमात्र बाँकी छ ।
दुबै जना क्लवको जिम्मेवारी सम्हाल्न पञ्जाव पुगिसकेका छन ।