काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण सुरु भएको छ । एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा बन्द प्रशिक्षण सुरु भएको हो ।
गत बिहीबारदेखि बन्द प्रशिक्षण सुरु गर्ने एन्फाको तयारी थियो । तर राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्नुअघि गरिएको परीक्षणमा खेलाडी र अफिसियल गरी २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जुलाई ७ बाट प्रशिक्षण सुरु गर्ने एन्फाले जनाएको थियो ।
तर एन्फाले आइतबारदेखि नै बन्द प्रशिक्षण सुरु गरेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाएका छन् ।
तस्बिर : एन्फा