काठमाडौं । पेरुलाई पराजित गर्दै साविक बिजेता ब्राजिल ४७औं संस्करणको कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार बिहान भएको सेमिफाइनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाइनल प्रवेश गरेको हो ।
ब्राजिलको लागि लुकास पाक्केटाले विजयी गोल गरेका हुन् । नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन् । समूह चरणमा भेट हुँदा ब्राजिलले पेरुलाई ४(० ले पराजित गरेको थियो ।
ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ ।