काठमाडौं । डलर केही सस्तो भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि अमेरिकी डलरको बिक्री दर ११९ रुपैयाँ १९ पैसा तोकेको छ ।
आइतबार र सोमबार ११९ रुपैंया ८९ पैसा बिक्री दर तोकिएको अमेरिकी डलर मंगलबार केही सस्तो भएको हो । मंगलबार अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ५९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलरसँगै अरु मुद्रामा पनि केही घटबढ भएको छ । मंगलबार यूरोपियन यूरो १ को खरिद दर १४० रुपैयाँ ८७ पैसा र बिक्री दर १४१ रुपैयाँ ५८ पैसा, यूके पाउण्ड स्टिर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ३३ पैसा र बिक्री दर १६५ रुपैयाँ १६ पैसा तोकिएको छ ।
यसैगरी बहराइन दिनार १ को खरिद दर ३१४ रुपैयाँ ५५ पैसा र बिक्री दर ३१६ रुपैयाँ १४ पैसा, कुवेती दिनार १ को खरिद दर ३९३ रुपैयाँ ८४ पैसा र बिक्री दर ३९५ रुपैयाँ ८४ पैसा, युएई दिराम १ को खरिद दर ३२ रुपैयाँ २९ पैसा र बिक्री दर ३२ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै थाई भाट १ को खरिद दर ३ रुपैयाँ ६९ पैसा र बिक्री दर ३ रुपैयाँ ७१ पैसा, कतारी रियल १ को खरिद दर ३२ रुपैयाँ ०४ पैसा र बिक्री दर ३२ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियल १ को खरिद दर ३१ रुपैयाँ ६२ पैसा र बिक्री दर ३१ रुपैयाँ ७८ पैसा तोकिएको छ ।