काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबै इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबार राति देखि लागू हुनेगरी खाना पकाउने एलपी ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।
निगमका अनुसार, डिजेल, पेट्रोल र मटीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ भने ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ । मूल्य बढेसँगै डिजेल र मटीतेल प्रतिलिटर ११२ रुपैयाँ र पेट्रोल १२९ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १४ सय २५ रुपैयाँ पुगेको छ ।
यसैगरी आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएर प्रति लिटर ८४ रुपैयाँ पु(याएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय तर्फको उडानको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढेर प्रति किलोलिटर ७५४ डलर कायम भएको पनि निगमले जनाएको छ ।
निगमले यस अघि असार ९ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमले भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ ।