logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • हाइटीका राष्ट्रपतिको हत्यामा संलग्न आशंका गरिएका ४ जना प्रहरीसँगको भिडन्तमा मारिए

    हाइटीका राष्ट्रपतिको हत्यामा संलग्न आशंका गरिएका ४ जना प्रहरीसँगको भिडन्तमा मारिए

    2.8K
    Shares

    काठमाडौं । हाइटीका राष्ट्रपति जोभेनल मोइसेकाे बुधबार हत्या भयाे । बन्दुकधारीहरुको आक्रमणमा उनकाे घरमा नै हत्या भएकाे हाे । उनकी पत्नी मार्टिन पनि घाइते भइन् । यो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चारजना आशंकितलाई गोली हानी मारेको छ ।

    बुधबार सबेरै आक्रमणकारीहरुले राष्ट्रपति भवनमा हमला गरेका थिए । छातीमा गोली लागेका राष्ट्रपतिको घटनास्थलमै मृत्यु भएकाे हाे । 

    घटनामा आक्रमणकारीतर्फ चारजना मारिएको र दुईजनालाई पक्राउ गरिएको प्रहरी प्रमुख लियोन चार्ल्सले बताएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । घटनापछि कार्यवाहक प्रधानमन्त्री क्लाउड जोसेफले संयमता अपनाउन आग्रह गरी देशब्यापी आपत्कालको घोषणा गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend