logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • विश्व बैंकले खोप खरिदका लागि नेपाललाई आर्थिक सहायता उपलब्ध गराउने

    विश्व बैंकले खोप खरिदका लागि नेपाललाई आर्थिक सहायता उपलब्ध गराउने

    2K
    Shares

    काठमाडौं । विश्व बैंकले कोभिड-१९ खोप खरिदका लागि नेपाललाई आर्थिक सहायताको प्रतिबद्धता जनाएको छ । विश्व बैंकका नेपाल निर्देशक फरिस हदाद जर्भोसले भर्चुअल पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएका हुन् । 

    नेपालले अनुदानमा उपलब्ध गराइने खोपको प्रतिक्षा गर्न नहुने उनकाे भनाइ थियाे । निर्देशक जर्भोसले कोभ्याक्स संयन्त्रले सेकेन्ड विन्डो कार्यक्रममार्फत वितरण गर्ने खोप खरिद गर्नुपर्ने समेत बताए । विश्व बैंकले यसअघि अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनबाट हुने खोप खरिदमा आर्थिक सहायताको प्रतिबद्धता जनाएको थियो ।

    निर्देशक फरिसले पैसाकै कारण खोप ल्याउन ढिलाइ हुन नहुने बताए । ‘खोप खरिदका लागि विश्व बैंकले नेपाललाई १०० मिलियन डलर उपलब्ध गराएको छ’ उनले भने, ‘थप १६० मिलियन डलर एसियाली विकास बैंकमार्फत उपलब्ध गराइनेछ ।

    नेपाललाई खोप खरिदका लागि आवश्यक पर्न सक्ने २६० मिलियन डलर समेत सघाउन बैंक तयार रहेको उनको भनाइ थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend