काठमाडौं । नेपाल एएफसी २३ वर्षमुनिको एसियन कप छनोटमा समूह ‘बी’ मा परेको छ ।
एसियन फुटबल फेडेरेसन (एएफसी)ले शुक्रबार सार्वजनिक गरेको छनोटको समूह विभाजनमा नेपाल समूह ‘बी’ मा परेको हो ।
उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने खेलका लागि एफसीले वेस्ट जोन र इस्ट जोनको छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरेको हो ।
नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान परेका छन् ।
ताजिकिस्तानमा हुने समूह ‘बी’ छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ । समूह चरणको पहिलो खेलमा इरानसँग खेल्ने नेपालले दोस्रोमा ताजिकिस्तानसँग र अन्तिममा लेबनानसँग खेल्नेछ।
छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ जुन १ देखि १९ सम्म हुने तालिका छ ।