logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • पेरुलाई पराजित गर्दै कोपा अमेरिकाको तेस्रो स्थानमा कोलम्बिया

    पेरुलाई पराजित गर्दै कोपा अमेरिकाको तेस्रो स्थानमा कोलम्बिया

    1.8K
    Shares

    एजेन्सी । कोपा अमेरिकाको तेस्रो स्थानको लागि भएको खेलमा पेरुलाई हराउँदै कोलम्बियाले जितेको छ । शनिबार बिहान पेरुलाई ३–२ गोल अन्तरले हराउँदै कोलम्बिया तेस्रो बनेको हो ।

    कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे । डियाजले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि कोलम्बिया विजयी बन्यो ।
    ब्रासिलियामा भएको खेलमा पहिले अग्रता पेरुले लिएको थयो ।

    दोस्रो हाफ सुरु हुने बित्तिकै चौथो मिनेटमा जुआन कुआड्राडोले खेल बराबरीमा ल्याएका थिए ।

    लुईस डियाजले ६६ औं मिनेटमा कोलम्बियालाई २–१ को अग्रता दिलाएका थिए । खेल सकिन ८ मिनेट अघि जियानलुका लापादुलाले खेल बराबरीमा ल्याएका थिए । इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई जित दिलाए ।

    अब फाइनल खेल आइतबार बिहान घरेलु टोली ब्राजिल र अर्जेन्टिनाबीच हुनेछ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend