logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • घोषणाको तीन महिनापछि थ्री नेसन्स कपको विजेताले पाए ४ लाख नगद

    घोषणाको तीन महिनापछि थ्री नेसन्स कपको विजेताले पाए ४ लाख नगद

    1.8K
    Shares

    काठमाडौं । सरकारले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई नगदसहित पुरस्कृत गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली टोलीलाई जनही ४ लाख नगदसहित पुरस्कृत गरेका हुन् । यस्तै प्रशिक्षकलाई सरकारले नगद २ लाख रुपैयाँ प्रदान गरेको छ । 

    बंगलादेश, किर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कपको उपाधि नेपालले जितेको थियो । गत चैत १६ मा भएको फाइनलमा घरेलु टोली नेपालले बंगलादेशलाई २-१ ले हराउँदै उपाधि जितेको थियो । फाइनल खेल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेका प्रधानमन्त्री ओलीले विजेतालाई पुरस्कार दिने घोषणा गरेका थिए ।

    थ्री नेसन्सको उपाधि जितेपछि बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४/४ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा सरकारले उपाधि विजेता खेलाडीलाई जनही ४ लाख दिने निर्णय गरेको थियो ।

    फाइनलमा नेपाललाई उपाधि दिलाउन सजोक राई र विशाल राईले एक/एक गोल गरेका थिए । ३७ वर्षपछि घरेलु भूमिमा उपाधि जितेको नेपालले सन १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend