एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा गोल्डेन बुट अवार्ड पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले जितेका छन् ।
युरोकपमा रोनाल्डोको यो पहिलो गोल्डेन बुट अवार्ड हो । उनले चार खेलमा पाँच गोल र एक असिस्ट गरेका थिए ।
चेक रिपब्लिकका प्याट्रिक शिकलाई पछि पार्दै रोनाल्डोले यस अवार्ड जितेका हुन् । प्याट्रिकले ५ खेलमा ५ गोल गरेका थिए । उनले सिल्भर बुट जितेका छन् ।
स्पेनका मिडफिल्डर पेड्री १६ औं संस्करणको युरोकप फुटबलको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । युरोकपमा उत्कृष्ट प्रदर्शन गरेका पेड्री योङ प्लेयर अफ दि टुर्नामेन्ट बनेका हुन् ।
१६ औँ संस्करणको युरोकपमा सबैभन्दा धेरै गोल गर्ने टिम स्पेन बनेको छ । उसले ६ खेलमा १३ गोल गरेको छ भने दोस्रोमा इटाली रहेको छ । इटालीले ७ खेलमा १३ गोल गरेको हो ।
युरोकपको उपाधि भने इटालीले जितेको छ ।