logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सच्याउने विवेकपूर्ण फैसला : कांग्रेस

    राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सच्याउने विवेकपूर्ण फैसला : कांग्रेस

    1.8K
    Shares

    काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले गरेको फैसला राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सच्याउने विवेकपूर्ण फैसला भएको प्रतिक्रिया दिएका छन् । 

    शर्माले ट्वीटरमार्फत अदालतकाे फैसला राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सच्याउने विवेकपूर्ण फैसला भएको बताएका हुन् । उनले ट्वीटरमा लेखेका छन् ‘राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सच्याउँदै सम्मानित संवैधानिक इजलासको विवेकपूर्ण फैसला ! लिकबाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम । ‘

    उनले अब केवल सरकार निर्माण मात्र नभइ इतिहास निर्माणको अवसरका रुपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको काँधमा आएको पनि जनाएका छन् ।

    सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन बदर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न साेमबार परमादेश जारी गरेकाे हाे । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend