logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • फैसलाको विरोधमा एमालेको युवा सङ्गठन सडकमा, जलाए प्रधानन्यायाधीशकाे पुत्ला (फोटोफिचर)

    फैसलाको विरोधमा एमालेको युवा सङ्गठन सडकमा, जलाए प्रधानन्यायाधीशकाे पुत्ला (फोटोफिचर)

    2.2K
    Shares

    काठमाडाैं । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमलाई खारेज गरी प्रतिनिधिसभा पुनर्स्थापना गरेको छ । सर्वोच्चको फैसला लगत्तै सत्तारुढ दल नेकपा एमाले निकट युवा संघ सडक प्रदर्शनमा उत्रिएको छ ।

    युवा सङ्घका नेता कार्यकर्ता मुखमा कालो मास्क र टाउकोमा रातो कपडा बाँधेर अदालतको विरोधमा सडकमा आएका हुन् । राजधानीको माइतीघरमा भेला भएका युवा सङ्घका नेता कार्यकर्ताले अदालतको फैसलाको विरोध केपी ओलीको पक्षमा नाराबाजी गरेका छन् ।

    प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गर्ने प्रयास गरेका छन् ।

    पुत्ला दहनको प्रयास गर्दा युवा संघका कार्यकर्ता र प्रहरीबीच केही बेर झडप पनि भएको छ । प्रदर्शनकारीले ‘चोलेन्द्र शमशेर मुर्दावाद’ भनी नारा लगाएका थिए ।

    kp 3 .JPG

    kp s 2 .JPG

    kp s4 .JPG

    kps 5 .JPG

    kps 6 .JPG

    kps 7.JPG

    kp s8 .JPG


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend