काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् ।
सर्वोच्च अदालतले मगंलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएसँगै राष्ट्रपति निवासमा सपथको तयारी चलेको छ ।
राष्ट्रपति कार्यालयका अनुसार आज बेलुका ५ बजेसम्ममा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र शपथ गराउने तयारी भएको छ । यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसकेका देउवाका लागि प्रधानमन्त्रीका लागि यो पाँचौ यात्रा हो ।
कांग्रेस नेता बालकृष्ण खाँडले आज सानो आकारको मन्त्रिपरिषद् निर्माण गर्ने र सबै दललाई समेटेर अगाडि बढ्नेबारेमा नेताहरुबीच कुराकानी भएको जानकारी दिए ।
संविधानको धारा ७६ ९५० अन्तर्गत बनेका प्रधानमन्त्रीले प्रतिनिधि सभामा ३० दिनभित्र विश्वासको मत लिनु पर्ने हुन्छ ।