काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।
स्रोतका अनुसार शेर बहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको बारेमा छलफल गर्नका लागि बैठक डाकिएको हो ।
सर्वोच्च अदातले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि बदलिएको राजनीतिकबारे पनि छलफल गरिने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन्।
माओवादी केन्द्रका सबै सांसदहरूले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए।
कांग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै छन् । आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी देउवाले गरेका छन् ।