विश्व स्वास्थ्य संगठन (डब्लूएचओले)ले कोरोना भाइरसविरुद्धको अलग-अलग खोप लगाउनु खतरनाक हुनसक्ने चेतावनी दिएको छ ।
कोरोना नियन्त्रणको लागि प्रभावकारी मानिएको खोप अलग अलग कम्पनीको लगाउँदा खतरनाक हुनसक्ने डब्लूएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले बताएकी हुन् ।
‘यो एक खतरनाक चलन बन्दै गएको छ । जहाँसम्म अलग अलग कोभिड खोप पाउने कुरा छ, हामीसँग यससँग जोडिएका वैज्ञानिक आँकडा र प्रमाण केही पनि छैन’, उनले सोमबार एक अनलाइन बिफ्रिङमा भनिन्, ‘आम मानिसले नै कतिबेला कुन खोपको दोस्रो, तेस्रो र चौथो खुराक लिने निर्णय गर्न थाले भने अराजक स्थिती आउँछ ।’