काठमाडाैं । इराककाे एक काेभिड अस्पतालमा आगलागी हुँदा ५० जनाभन्दा बढीकाे ज्यान गएकाे छ । इराककाे नसीरिया शहरकाे दक्षिणमा रहेकाे अल-हुसैन अस्पतालमा आगलागी भएकाे हाे ।
आगलागी साेमबार अबेर नियन्त्रणमा आएकाे बीबीसीले उल्लेख गरेकाे छ । के कारणले आगलागी भयाे भन्नेबारे अहिलेसम्म केही जानकारी प्राप्त भएकाे छैन । सुरुवाती जाँचमा एक अक्सिजन ट्याङ्की विस्फाेट भएकाे बताइएकाे छ ।
इराकका प्रधानमन्त्री मुस्तफा अल-कदीमी ले अस्पतालका प्रमुखलाई गिरफ्तार गर्नका लागि आदेश दिएका छन् ।