काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसलाको पालनामा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् ।
मंगलबार बालुवाटारबाट बिदा हुनुपूर्व देशबासीका नाममा सम्बाेधन गरी उनले फैसलाका कतिपय प्रावधान र भाषाशैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तित तुल्याएको पनि बताए । उनले सर्वाेच्च अदालतले संविधान नै संशाेधन गरेकाे भनी टिप्पणी पनि गरे ।
दलीय प्रणालीकाे आधारभुत प्रणालीलाई नै अदालतकाे फैसलाले चुनाैति दिएकाे उनकाे भनाइ थियाे ।