logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • विज्ञप्ति सच्याउनेबारे शीतल निवासमा छलफल, देउवाकाे शपथ अझै हुन सकेन 

    विज्ञप्ति सच्याउनेबारे शीतल निवासमा छलफल, देउवाकाे शपथ अझै हुन सकेन 

    1.6K
    Shares

    काठमाडौं । शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानको धारा उल्लेख गर्ने विषयमा अहिले राष्ट्रपति निवास शीतलनिवासमा छलफल भइरहेकाे छ । यही कारण अहिलेसम्म देउवाकाे शपथ हुन सकेकाे छैन । 

    पत्र सच्याउने विषयमा अहिले राष्ट्रपतिसँग छलफल भइरहेको छ । यसअघि प्रधानमन्त्री नियुक्तिका विषयमा राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिको भाषा सच्याउन देउवाले माग गरेका थिए । उनले विज्ञप्ति नसच्याएसम्ममा प्रधानमन्त्रीमा शपथ नलिने पनि बताएका थिए । 

    राष्ट्रपतिले जारी गरेकाे विज्ञप्तिमा संविधानकाे धारा नै उल्लेख नगरी देउवालाई प्रधानमन्त्री नियुक्ति गरिएकाे थियाे । राष्ट्रपति भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त गरेको उल्लेख गरेकी छिन् ।

    यस्ताे छ विज्ञप्ति :

    Bigyapti 1.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend