logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • पदभार ग्रहण गर्दै अर्थमन्त्री जनार्दन शर्माले भने– मलाई सम्मान र झण्डा चाहिँदैन काम चाहियो

    पदभार ग्रहण गर्दै अर्थमन्त्री जनार्दन शर्माले भने– मलाई सम्मान र झण्डा चाहिँदैन काम चाहियो

    2.8K
    Shares

    काठमाडाैं । शेरबहादुर देउवा सरकारमा अर्थमन्त्री बनेका जनार्दन शर्माले आफूलाई सम्मान नचाहिने र काम चाहिने बताएका छन् । 

    मंगलबार अर्थमन्त्रीमा पद तथा गोपनियताकाे शपथ ग्रहण गरेका उनले बुधबार अर्थमन्त्रालयमा पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणका क्रममा उनले आफूलाई सम्मान तथा झण्डा नचाहिने र काम मात्र चाहिने बताएका हुन् । 

    अघिल्लो पटक उर्जा मन्त्री बन्दा १८ घणटाकाे लोडसेडिङ हटाएर चर्चामा आएका नेकपा माओवादी केन्द्रका नेता शर्मा शेरबहादुर देउवा सरकारमा अर्थमन्त्री बनेका हुन् । 

    अर्थमन्त्री शर्माले सरकारले कोरोना विरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा पनि गरेका छन् । शर्माले पदबहाली पछि पहिलो निर्णय गर्दै खोपका लागि ५ अर्ब रुपैंया निकासाको स्विकृति प्रदान गरेका हुन् । 

    उनले कोरोना महामारीमा जनताको जीवन रक्षामा सरकार केन्द्रित रहेको बताए । साथै उनले स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ताका लागि रकम स्विकृति गरेका छन् । स्वास्थ्य मन्त्रालयले अर्थलाई पेश गरेको ३ वटा फाइल उनले सदर गरेका हुन् । स्वास्थ्यले स्वास्थ्यकर्मीहरुको जोखिमभत्ता तथा आइसियु एचडियु थप्न थप रकम प्रस्ताव गरेको थियो ।

    कोभिड – १९ जोखिम न्यूनिकरणका लागि अक्सिजन प्लान्ट, एचडीयू आइसियु तथा भेन्टिलेटर खरिदका लागि ९६ करोड १२ लाख रकमान्तर तथा ५२ करोड ४६ लाख प्रादेशिक र स्थानीय तहलाई वित्तिय हस्तान्तरण गर्न पनि सहमति दिएका छन् । यस्तै, कोभिड – १९ संक्रमितलाई निशुल्क उपचार सेवा उपलब्ध गराए वापत् केन्द्रीय र प्रादेशिक अस्पताललाई ५६ करोड ४१ लाख रकमान्तर र वित्तीय प्रदेशका सामाजिक विकास मन्त्रालयलाई ३७ करोड २५ लाख सशर्त अनुदानको रुपमा हस्तान्तरण गर्न पनि अर्थमन्त्री शर्माले सहमति गरेका छन्।

    नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले चैतसम्ममा खोप लगाउन योग्य सबै नागरिकलाई खोप दिने निर्णय गरेको थियो । यस्तै बैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई ७ दिनभित्र जोखिम भत्ता उपलव्ध गराउने निर्णय गरेको थियो । यसअघिको सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत जोखिमभत्ता दिने निर्णय गरेको थियो ।

    हेर्नुहोस् पदभार ग्रहण पछि अर्थमन्त्रालयमा अर्थमन्त्री शर्माले गरेकाे सम्बाेधनकाे पूरा अंश :

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend