काठमाडाैं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारी गाडी, ल्यापटप लगायतका सबै सरकारी सामान फिर्ता गरेका छन् ।
साेमबार सर्वाेच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएपछि बुधबार ओलीले बालुवाटार छाडेका थिए । ओलीले बालुवाटार छाडेकाे केही समयमा नै थापाले गाडीलगायतका सरकारी सामान फिर्ता गरेका हुन् ।
२०७६ कात्तिकमा थापा प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा नियुक्त भएका थिए । थापाले प्रेस सल्लाहकारमा नियुक्त भएपछि बा २ झ १३२१ नम्बरकाे सरकारी गाडी प्रयाेग गर्दै आइरहेका थिए ।