काठमाडौं । ललिता निवास प्रकरणमा मुछिएका पूर्व मन्त्री तथा कांग्रेस उपाध्यक्ष विजयकुमार गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न विषेश अदालतले आदेश दिएको छ ।
विशेष अदालतले बुधबार थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको हाे ।
ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएकाे र भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।
गत वर्ष फागुनमा विशेष अदालतले १५ दिनभित्र अदालत उपस्थित हुनु भनी म्याद पठाएपछि गच्छदार फरार भएका थिए । लामो समयदेखि फरार रहेका गच्छदार नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको भोलिपल्ट बुधबार विषेश अदालतमा हाजिर भएका थिए । ।
गच्छदारविरुद्ध अख्तियारले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।