logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • एमाले विभाजन हुँदा देशमा डरलाग्दो स्थिति आउँन सक्छ : योगेश भट्टराई (भिडियाेसहित)

    एमाले विभाजन हुँदा देशमा डरलाग्दो स्थिति आउँन सक्छ : योगेश भट्टराई (भिडियाेसहित)

    3.4K
    Shares

    काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले एमाले एकताको विकल्प नभएको बताउनुभएको छ ।

    सुनौलो नेपालसँगको विशेष कुराकानीमा उहाँले देशलाई विदेशी शक्तिको नियन्त्रणमा जान नदिन एमाले एकताको विपल्प नभएको बताउनुभएको हो । एमाले विभाजन हुँदा देशमा डरलाग्दो परिस्थिति आउँन सक्ने भन्दै उहाँले पार्टी एकताको विपल्प नभएको बताउनुभयो । तर त्यसको लागि शीर्ष नेताले अहंकार त्याग्नुपर्ने उहाँको जोड छ ।

    नेता भट्टराइले एमाले एकता कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयन गरे पार्टी एकता हुनसक्ने बताउनुभयो ।

    ‘दश बुँदे सहमति कार्यान्वयन गर्नु नै एमाले एकताको मुख्य आधार हो’, उहाँले भन्नुभयो,  ‘अगाडि दुर्घटना हुने पक्का छ भने फर्किनुको विकल्प हुँदैन । एक जना चालक पछाडि फर्कनै पर्छ ।’

    संसद् जीवित भए भोलि फेरि एमालेकै नेतृत्वमा सरकार गठन हुने संभावना कायमै रहेको भन्दै उहाँले पार्टी एकता गराउन सबै कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

    शीर्ष नेताको आक्रोशपूर्ण अभिव्यक्तिले एमाले विभाजनतिर जान लागेको भन्दे नेता भट्टराईले वार्ता र संवाद गरेर उत्तेजना कम गर्नुपर्ने सुझाव दिनुभयो ।

    सहमतिको लागि ‘१० बुँदेलाई टेक्ने, अगाडि बढ्ने, वार्तामा फर्किने, संवादमा फर्किने उत्तेजनाबाट ठन्डा दिमागले सोच्ने । बरु दुई चार दिन नेताहरु नबोल्ने । मौन ब्रत लिने । मेडिटेशन गर्ने’, उहाँले भन्नुभयो, ‘यत्ति गरे पार्टी एकता हुन कसैले रोक्न सक्दैन ।’

    उहाँले पार्टी कार्यकर्ताले ओली र नेपाल गुट छाडेर देशब्यापी एमाले बचाउन लाग्यौं भन्ने स्थिति आउनसक्ने चेतावनी पनि दिनुभयो । ।

    ‘आज पनि हाम्रो नेता केपी ओली नै हो, माधव नेपाल नै हो । उहाँहरुलाई नेता मानेर नै यो पार्टी एकता गर्ने हाम्रो कोशिस हो,’ उहाँले थप्नुभयो, ‘तर नेता मान्दा मान्दै पनि आम कार्यकर्ताको भावना विपरित जाने हो भने कार्यकर्ताले उहाँहरुलाई नेता मानिरहँदैन । छोड्दिन सक्छ । गाडी अगाडि बढ्छ ।’ 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend