काठमाडाैं । शुक्रबार ३ बजे एमाले संसदीय दलको बैठक बस्ने भएकाे छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलकाे बैठक बाेलाएका हुन् ।
पछिल्लाे समय माधवकुमार नेपालले विपक्षी गठबन्धनकाे साथ दिएर ओलीलाई प्रधानमन्त्री पदबाट हटाएका छन् । बुधबार बालुवाटार छाडेर बालकाेट पुगेका ओलीले नेपाललाई नेकपा एमालेमा स्थान नरहेकाे बताइसकेका छन् ।
बैठकमा पछिल्लाे राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने अनुमान गरिएकाे छ । संसदीय दलको बैठकका लागि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई पनि निम्ता दिइएको एक नेताले जानकारी दिए ।