काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर युवाहरुले ‘अखिल फोर्स’ गठन गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरुले युथ फोर्स ब्युँताएपछि नेपाल निकट युवाहरु अखिल फोर्स गठन गरेका हुन् । नेपालनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले काठमाडौंमा उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै बिहीबार ‘अखिल फोर्स’ गठन गरेका हुन् ।
५०१ सदस्यीय अखिल फोर्सको अध्यक्षमा तपेन्द्रजंग शाही रहेका छन् ।