काठमाडौं । टोकियो ओलम्पिकमा सहभागी हुन १० सदस्यीय टोली शुक्रबार जापान जाँदै छ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० सदस्य सचिव रमेश कुमार सिलवालको नेतृत्वमा दुई खेलाडी, प्रशिक्षक र पदाधिकारी गरी १० सदस्यीय टोली शुक्रबार जापान जान लागेको नेपाल ओलम्पिक कमिटि ९एनओसी०ले जनाएको छ ।
दुई खेलाडीमा जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियार छन् । जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठ र सुटिङका प्रशिक्षक असिम यादव पनि सिलवालको नेतृत्वमा जापान जाने छन् ।
त्यस्तै सिलवालको नेतृत्वमा हेडक्वाटर अफिसियल रहेका एनओसीका कार्यकारी निर्देशक चतुरानन्द राज बैद्य, टिम लिडर रहेका सुनिल कुमार श्रेष्ठ, तुलसी थापा, प्रकाश शमशेर राना र मेडिकल अफिसियलको रुपमा सुर्य नारायण श्रेष्ठ जापान जाने छन् ।
एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा पाँच सदसीय टोली भने सोमबार मात्रै जापान जाने छन् । अध्यक्ष श्रेष्ठको नेतृत्वमा जापान जाने टोलीमा महासचिव निलेन्द्रराज श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, राखेप बोर्ड सदस्यद्धय सम्पन्न श्रेष्ठ र सुभास श्रेष्ठ छन् ।
यस्तै साउन १० गते जापान जाने टोलीमा राखेप उपाध्यक्ष शिव कोईराला, एथलेटिक्स खेलाडी सरस्वती चौधरी, प्रशिक्षक ईन्दिरा मल्ल र एनओसी उप(महासचिव पिताम्बर तिम्सिना रहेका छन् ।
यसअघि पौडीका तीन सदस्यीय नेपाली टोली जापान पुगिसकेको छ।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । जसमा नेपालबाट पाँच खेलाडी, प्रशिक्षक र पदाधिकारी गरि २६ सदस्यीय टोलीको सहभागिता हुनेछ ।
ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरेकी थिइन्। सितलनिवासमा कार्यक्रम गरेर नेपालबाट ओलम्पिकमा सहभागी हुने टिमलाई राष्ट्रपति भण्डारीले राष्ट्रिय झण्डा हस्तान्तरण गरेर शुभकामनासहित विदाई गरिन् ।