काठमाडौं । जर्मनी र बेल्जियममा भीषण वर्षापछिको बाढीमा दर्जनाैँकाे ज्यान गएकाे छ । बाढीमा परि कयौं बेपत्ता भएको बीबीसीले जनाएको छ।
बाढीका कारण जर्मनीमा करिब ६० जनाकाे ज्यान गएकाे अनुमान गरिएकाे छ । बेल्जियममा पनि कम्तिमा ११ जनाको मृत्यु भएको छ भने कयौं बेपत्ता भएका छन् ।
बाढीको सबैभन्दा ठूलो असर जर्मनीको राइनल्याण्ड प्लाटिनेट र उत्तरी राइन वेस्टफेलिया प्रान्तमा परेको छ। यसका साथै नेरदल्याण्ड्सको अवस्था पनि गम्भीर रहेको छ।
शुक्रबार पूरै क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाे स्थानीय मौसम विभागले गरेको छ । स्थानीय अधिकारीहरुका अनुसार यो अवस्था जलवायु परिवर्तनको परिणामले गर्दा भएको हो ।