काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक रोक्न अस्वीकार गरेका छन् ।
च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा भइरहेको बैठक राेक्न र छलफलमा जुट्न वरिष्ठ नेता माधवकुमार नेपाल समूहका दोस्रो तहका नेताहरुले आग्रह गरेका थिए ।
नेपाल पक्षका कार्यदलमा सदस्य रहेका नेताहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्टलगायतका नेताहरु बैठक स्थल पुगेर ओलीललाई बैठक रोक्न आग्रह गरेका थिए ।
रावलले बैठक रोक्न आग्रह गरे पनि ओलीले भने बैठक रोक्न नसकिने भन्दै विषयवस्तुलाई अघि बढाउन निर्देशन दिएका थिए । ओलीले बैठक रोक्न नमानेपछि नेपाल पक्षका नेताहरु भने बाहिरिएका छन् ।