logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • वृहत्तर राष्ट्रिय एकताको खाँचो छ : सभामुख सापकाेटा 

    वृहत्तर राष्ट्रिय एकताको खाँचो छ : सभामुख सापकाेटा 

    2K
    Shares

    काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले वृहत्तर राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन् । 

    आइतबारदेखि शुरु हुने संघीय संसदको अधिवेशनको तयारीको सम्बन्धमा संघीय संसद भवन नयाँ बानेश्वरमा निरिक्षणका लागि पुगेका सभामुख सापकोटाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजनीतिक दलहरुबीचमा बृहत्तर राष्ट्रिय एकता आवश्यक रहेको बताएका हुन् । उनले नेपालीको आत्मनिर्णयको अधिकार प्रयोग गरेर अगाडी बढ्न तथा संविधान जारी भएसँगै जनताले राखेका आशालाई विश्वासमा परिणत गर्नका लागि बृहत राष्ट्रिय एकताको खाचो रहेको बताएका हुन् । 

    उनले भने– ‘अहिले समग्र स्थितिलाई हेर्दाखेरी, समग्र राष्ट्रिय परिस्थितिलाई बिचार गर्दाखेरी फेरि पनि बृहत्तर राष्ट्रिय एकताको खाँचो छ । किनभने हामीले आफ्नो आत्मनिर्णयको अधिकार प्रयोग गर्दै अगाडी बढ्नको लागि अनि त्यसपछि जनताले जुन आशा गरेका थिए संविधान जारी भइसकेपछि ति सबै जनताको आशालाई विश्वासमा परिणत गर्नका लागि र हरेक हिसाबले बृहत राष्ट्रिय एकताको खाँचो छ । त्यो बृहत राष्ट्रिय एकता कायम गर्नका लागि मुख्यत्ः पार्टीहरुको भुमिका हुन्छ ।’

    उनले वृहत राष्ट्रिय एकताको शक्तिशाली शन्देश दिने थलो प्रतिनिधि सभा भएको र प्रतिनिधि सभाबाट राष्ट्रिय एकताको शन्देश दिनुपर्ने पनि बताए । उनले भने – ‘बृहत राष्ट्रिय एकताको शक्तिशाली सन्देश दिने थलो चाहीँ प्रतिनिधि सभा हो । यहाँबाट त्यो शन्देश दिनुपर्छ भन्ने मेरो मत छ ।’ 

    सभामुख सापकोटाले राष्ट्रिय एकता कायम गर्न आफूले इमान्दारीतापूर्वक र निष्ठाका साथ समन्वय गर्ने पनि बताए । उनले संसद बैठक व्यवस्थित ढंगले गर्ने पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend