logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • एमालेभित्र देखिएको विवाद समाधानका लागि फेरि जुटे दाेस्राे तहका नेताहरु

    एमालेभित्र देखिएको विवाद समाधानका लागि फेरि जुटे दाेस्राे तहका नेताहरु

    2.3K
    Shares

    काठमाडाैं । नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि दाेस्राे तहका नेताहरू सहमति खोज्न अनौपचारिक छलफलमा जुटेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरू छलफल गरिरहेका छन् ।

    शुक्रवारको एमाले स्थायी कमिटी बैठकले नेपाल पक्षको उपस्थिति विना नै कार्यदलको प्रतिवेदन अनुमोदन गरेको थियो । बैठकले कार्यदल विघटन गरेको छ ।

    कार्यदल अनुमोदन भइसक्दा समेत नेपाल पक्ष पार्टी बैठकमा उपस्थित नभएपछि दुवै पक्षका नेताहरू अनौपचारिक छलफलमा जुटेका हुन् । पार्टीलाई मिलाउने उपाय खोज्नबारे छलफलमा कुराकानी भइरहेको एक सदस्यले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend