काठमाडौँ । नेपाली कांग्रेसकाे महाधिवेशनको तयारी चलिरहेकाे छ । महाधिवेशनकाे तयारी भइरहेकाे बेलामा पार्टीको संस्थापक कोइराला परिवार छलफलमा जुटेको छ ।
१४औँ महाधिवेशनमा कोइराला परिवारबाट नेतृत्वमा दावी गरी महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र सुजाता कोइराला छलफलमा बसेका हुन् ।
उनीहरु शशांकनिवास महाराजगन्जमा लञ्च मिटिङमा बसेका हुन् । मिटिङमा कांग्रेस महाधिवेशनमा केन्द्रित भएर साझा उम्मेदवार तय गर्ने प्रयास भइरहेको स्रोतले बताएको छ ।
नेतृत्वमा कोइराला परिवारभित्रै २ उम्मेदवार देखिएका छन् । शशांक र शेखर सभापति उठ्न खोजिरहेका छन् । दुबै बलियो दाबेदारको रूपमा देखिएका छन् । संस्थापनइतर समूहबाट पनि सभापतिका आधा दर्जन बढि आकांक्षी देखिएका छन् ।