काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेका छन् । पुनस्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज अपराह्न ४ बजे बस्दैछ ।
दुई चरणमा बस्ने बैठकमा पहिले प्रधानमन्त्री देउवाले संसदलाई जानकारी दिने र दोस्रो चरणमा विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ ।
संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । एमाले र जनता समाजवादी पार्टी ९जसपा०मा विवाद चलिरहेकाले विश्वासको मत लिने हतार नगर्ने कांग्रेस नेताहरुले बताएका थिए ।