logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • प्रधानमन्त्री देउवाका लागि नेपाल पक्षको मत निर्णायक, यस्तो छ अंकगणित

    प्रधानमन्त्री देउवाका लागि नेपाल पक्षको मत निर्णायक, यस्तो छ अंकगणित

    1.7K
    Shares

    काठमाडौं । प्रतिनिधि सभामा आज प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन् । देउवाका लागि प्रतिनिधि सभाबाट विश्वासको मत हासिल गर्न १३६ मत आवश्यक छ।

    नेकपा एमालेको माधव नेपाल पक्ष सम्मिलित माओवादी केन्द्र, जनता समाजवादी पार्टीको (उपेन्द्र यादव पक्ष) र राष्ट्रिय जनमोर्चाले मत दिने हो भने देउवाले सजिलै बहुमत प्राप्त गर्छन् । 

    नेपाली कांग्रेसको ६३ सांसदमध्ये विजयकुमार गच्छदार र मोहम्मद अफताफ बाहेक ६१ ले देउवालाई मत दिन पाउँछन्। त्यस्तै नेकपा माओवादी केन्द्रका ४८ सांसदको समर्थन देउवालाई हुनेछ। 

    जनता समाजवादी पार्टीमा जम्मा ३२ सांसद रहेका छन्। ३२ मध्ये अधिकांश सदस्य डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षमा रहेको जनाइएको छ।

    देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा रिट दायर गर्ने बेला यादव पक्षका सांसद १२ जनाले मात्र हस्ताक्षर गरेका थिए। तर ओली सरकारको विस्थापनसँगै उपेन्द्र यादवको पक्षमा १७ सांसद पुगेका छन्। राष्ट्रिय जनमोर्चाको एक मात्र सांसद दुर्गा पौडेलले पनि देउवालाई मत दिनेछन्।

    स्वतन्त्र रूपमा निर्वाचित छक्कबहादुर लामाले पनि देउवालाई मत दिन सक्नेछन्। यी सबै मत जोड्दा देउवाको पक्षमा १२८ मत पुग्छ । अब देउवाका लागि ८ मतको आवश्यक पर्दछ । 

    नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका २३ सांसदमध्ये अधिकांशले देउवालाई मत दिनुपर्ने धारणा राखेका छन् ।

    देउवाको पक्षमा रहने बताउँदै आएका नेता नेपालले आठ मत पुर्याइदिएको खण्डमा संसदमा देउवाले प्रधानमन्त्रीको लागि विश्वासको मत पाउनेछन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend