काठमाडौं । नेकपा (एमाले)का सांसदहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई र घनश्याम भुषालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् ।
उनीहरुले पार्टीको निर्णय अनुसार देउवालाई विश्वासको मत नदिने भएका हुन् । यी चारै जना सांसद एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिन्छन् ।
नेपालले भने प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।