logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • संसदमा नेता ज्ञवालीको कटाक्ष : ‘पहिले श्री ५ र अहिले श्रीमान् पाँचबाट देउवा प्रधानमन्त्री बने’

    संसदमा नेता ज्ञवालीको कटाक्ष : ‘पहिले श्री ५ र अहिले श्रीमान् पाँचबाट देउवा प्रधानमन्त्री बने’

    1.9K
    Shares

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले उति बेला श्री ५ र अहिले श्रीमान् पाँचबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भन्दै कटाक्ष गरेका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता ज्ञवालीले विगतमा शेरबहादुर देउवाले श्री ५ बाट न्याय पाएँ भनेको कुरालाई स्मरण गर्दै भने, ‘२०५९ मा उहाँलाई बर्खास्त गरिएको थियो, त्यतिबेला उहाँले भनेको कुरा सम्झिन्छु, मैले आज श्री ५ बाट न्याय पाएँ । श्री ५ ले दिएको न्याय माघ १९ गएपछि कहाँ गयो हामी सबैलाई थाहा छ, आज इतिहास पाँच जना श्रीमानहरुबाट माननीय शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएको छ । उतिबेला श्री ५, अहिले श्रीमान् पाँच ।’

    दलिय विभाजनको शिकार बनेर पहिला गृहमन्त्रीको रुपमा र पछि दुई पटकसम्म प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवा बाहिरिएको बताउँदै नेता ज्ञवालीले संविधानको ७६ ५ को अप ब्याख्या जसको ३२ वर्ष अगाडि समाप्त पारेको निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराउने व्यवस्था गरेको बताए । त्यसैको सहारा लिएर शेरबहादुर देउवा प्रधानमन्त्री बनको पनि उनले आरोप लगाए । 
    नेकपा एमाले संविधानको सर्वोच्चता, शक्ति पृथकीकरण, विधिको शासनमा विश्वास गर्ने बताउँदै लोकतन्त्र अडिएको पिलरहरु खलबलिना थालेकोमा नेता ज्ञवालीले चिन्ता व्यक्त गरे । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend