logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • चीनमा ‘मंकी बी भाइरस’ बाट डाक्टरको मृत्यु, यस्ताे छ लक्षण र बच्ने उपाय

    चीनमा ‘मंकी बी भाइरस’ बाट डाक्टरको मृत्यु, यस्ताे छ लक्षण र बच्ने उपाय

    2.6K
    Shares

    काठमाडाैं । चीनको बेइजिङमा मंकी बी भाइरस संक्रमणका कारण एक व्यक्तिको मृत्यु भएको छ । बेइजिङमा याे भाइरसकाे संक्रमणबाट एक डाक्टरकाे मृत्यु भएकाे ग्लाेबल टाइम्स उद्दृत गरी बीबीसीले समाचार प्रकाशन गरेकाे छ । 

    ५३ वर्षका यी पशु चिकित्सक एक इन्स्टिच्युटमा नन–ह्यूमन प्राइमेट्समाथि अनुसन्धान गरिरहेका थिए । त्यसकाे केही समयपछि उनलाई बान्ता आउने समस्या देखिएकाे थियाे । ती चिकित्सकले थुप्रै अस्पतालमा उपचार गराए तर २७ मेमा उनको मृत्यु भयो ।

    मंकी बी भाइरसले मानव संक्रमण र मृत्युको यो पहिलो घटना हाे । अनुसन्धानकर्ताले अप्रिलमा पशु चिकित्सकको स्याम्पल लिएका थिए र त्यसमा मंकी भाइरस भएको पुष्टि गरिएको थियो । उनको सम्पर्कमा आएका अर्को व्यक्तिमा अहिलेसम्म यो भाइरसको संक्रमणको लक्षण देखिएको छैन ।

    यो भाइरसको पहिचान सन् १९३२ मा भएको थियो । यो भाइरस सिधा सम्पर्क र शरीरबाट निस्कने तरल पदार्थको आदान प्रदानबाट फैलन्छ । मंकी बी भाइरसद्वारा संक्रमित बिरामीमा मृत्युदर ७० प्रतिशतदेखि ८० प्रतिशत हो ।

    के हो मंकी बी भाइरस ?

    हर्पीस बी भाइरस वा मंकी भाइरस साधारणतया वयस्क मेकाक बाँदरबाट फैलन्छ । यसबाहेक रिसक मेकाक, सुँगुरको झैं पुच्छर भएका मेकाक र सिनोमोलगस बादर वा लामो पुच्छर भएको मेकाकबाट पनि यो भाइरस फैलन्छ ।

    monkey_virus5.jpg

    यदि कोही मानिस यो भाइरसद्वारा संक्रमित हुन्छन् भने उसलाई स्नायू सम्बन्धि रोग वा मस्तिष्क र मेरुदण्ड सुन्निने रोग लाग्न सक्छ ।

    यो भाइरस कसरी फैलन्छ ?

    मानिसमा यो भाइरस साधारणतया मेकाक बाँदरले टोकेपछि वा चिथोरेपछि मात्रै पुग्न सक्छ । भाइरस संक्रमित बाँदरको र्‍याल, मलमूत्रमार्फत् पनि यो फैलन सक्छ ।

    यो भाइरस वस्तुको सतहमा घण्टौँसम्म जीवित हुनसक्छन् ।

    बोस्टन पब्लिक हेल्थ कमिशनको रिपोर्ट अनुसार प्रयोगशालामा काम गर्ने मानिस सबैभन्दा बढी यो भाइरसद्वारा संक्रमित हुने खतरा हुन्छ । यस्तै, पशु चिकित्सक वा यी बाँदरको निकट बसेर काम गर्नेहरुमा पनि यो भाइरसको संक्रमणको खतरा उच्च रहन्छ ।

    monkey_virus4.jpg

    यी भाइरसको लक्षण के हुन् ?

    मानिसमा, भाइरसको सम्पर्कमा आएको १ महिनाभित्र लक्षण देखिन थाल्छ । थुप्रै पटक यो लक्षण ३ देखि ७ दिनभित्र पनि देख्न सकिन्छ । सबैमा यो संक्रमणको एउटै लक्षण देखिन्छ भन्ने पनि छैन ।

    लक्षण :

    संक्रमण भएको ठाउँमा फोका आउँछ ।

    घाउ नजिक दुख्छ, सुन्निन्छ र चिलाउँछ ।

    ज्वरो आउने चिसो लाग्ने हुन्छ । 

    २४ घण्टाभन्दा बढी समयसम्म टाउको दुख्छ ।

    थकान महसुस हुन्छ  । 

    मांसपेशी दुख्छ । 

    सास फेर्न समस्या हुन्छ । 

    संक्रमण अत्यधिक बढेको खण्डमा मृत्युसमेत हुनसक्छ ।

    के हो उपचार ?

    बोस्टन पब्लिक हेल्थ कमिशनको रिपोर्ट अनुसार यो भाइरसद्वारा संक्रमित व्यक्तिले यदि उपचार नपाएको खण्डमा लगभग ७० प्रतिशत मामिलामा बिरामीको मृत्यु हुनसक्छ । यस्तोमा यदि तपाईंलाई कुनै बाँदरले टोकेको छ वा चिथोरेको छ भने ती बाँदर बी भाइरसका वाहक हुनसक्छन् ।

    यस्तो स्थितिमा तुरुन्त प्राथमिक उपचार सुरु गर्नुपर्छ । घाउ भएको स्थानमा साबुन र पानीले राम्रोसँग सफा गर्नु सबैभन्दा आवश्यक छ । मंकी बी भाइरसको उपचारका लागि एन्टीभाइरल औषधी त उपलब्ध छन् तर कुनै खोप उपलब्ध छैन ।

    – बीबीसी हिन्दीबाट । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend