काठमाडौं । सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ ।
मंगलबार सुन तोलाको ९३ हजार २ सय रुपैयाँमा कारोबार भइराखेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलामा २ सय रुपैयाँ बढेर सुन तोलाको ९२ हजार ८ य रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य बढेपनि मंगलबार चाँदीको मूल्य भने घटेको छ । तोलामा १० रुपैयाँ घटेर चाँदी तोलाको १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।