logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले सोध्यो स्पष्टीकरण

    देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले सोध्यो स्पष्टीकरण

    1.6K
    Shares

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका छन् ।

    एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई  ५ साउनको मिति राखेर पठाइएको पत्रमा फ्लोर क्रस गरेर  मत दिएको बारे केही उल्लेख गरिएको छैन ।  पत्रमा  एमालेले सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने भाषा मिलाएर स्पष्टीकरण सोधेको छ ।

    साउन ५ गते पठाइएको २४ घण्टे स्पष्टीकरणमा शेरबहादुर देउवालाई विश्वासको मत दिएको विषय उल्लेख नगरी पार्टी र संसदीय दलको विधानविपरीतका क्रियाकलाप गरेको लगायतका अभियोग लगाइएको छ ।

    अदालतले देउवालाई समर्थन गरेका सांसदलाई कारवाही नगर्न आदेश दिएकाले स्पष्टीकरणमा सो विषय उल्लेख गरिएको छैन । २४ घण्टाभित्र स्पष्टीकरण चित्तबुझ्दो नदिएमा साधारण सदस्यलगायत पार्टीको जिम्मेवारीबाट निष्कासन किन नगर्ने रु भनी प्रश्न सोधिएको छ ।

     

    uml-baithak1.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend