कठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्माको प्रशंसा गरेका छन् । बुधवार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मा अत्यन्त मेहनती भनी प्रशंसा गरेका हुन् ।
प्रधानमन्त्री देउवाले वर्तमान प्रधानमन्त्री मेहनती भएको टिप्पणी गर्दै अर्थमन्त्रीले नेपालको अर्थतन्त्रलाई सुधार गर्नेमा विश्वास गरे । उनले भने – ‘हाम्रो अर्थमन्त्रीजी अत्यन्त मिहेनती हुनुहुन्छ । मलाई विश्वास छ, उहाँले नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा माथि उठाएर नेपालको आर्थिक अवस्थामा सुधार गर्नुहुनेछ भन्ने विश्वास छ । उहाँले सक्नुहुन्छ पनि । अत्यन्तै मिहेनती हुनुहुन्छ उहाँ । भिजन पनि भएको व्यक्ति हो उहाँ ।’
प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीको कारण धराशायी बनेको अर्थतन्त्रको समुन्नत विकासको लागि निजीक्षेत्र र सरकारले हातेमालो गर्नुपर्नेमा जोड दिए । देउवाले कोभिड–१९ को महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान पनि गरे ।