काठमाडाैं । एशियाली विकास बैंक(एडीबी)ले कोरोनाभाइरसविरुद्धको खोप खरीद गर्न नेपाललाई १६५ मिलियन अमेरिकी डलर (करीब १९ अर्ब ६५ करोड रुपैयाँ ) ऋण दिने भएको छ ।
बिहीबार नेपालको ऋण सम्बन्धी प्रस्ताव अनुमोदन गरेको बैंकले विज्ञप्तिमार्फत जानकारी गराएकाे छ । उक्त रकमले करीब ६८ लाख नागरिकलाई महामारीबाट बचाउन सहयोग पुग्ने र खोपको राष्ट्रिय अभियानमा सघाउन पुर्याउने उद्देश्य छ ।
एशिया प्यासिफिक क्षेत्रका देशमा खोपको पहुँच पुर्याउनका लागि यो कार्यक्रम अघि सारिएको एडीबीले जनाएको छ ।
नेपालले अहिलेसम्म भारतको सेरम इन्स्टिच्यूटबाट २० लाख डोज र चीनको सिनोफार्मसँग ४० लाख डोज खोप खरीदका लागि सम्झौता गरिसकेकाे छ । पछिल्लाे समयमा चीनबाट खोप आइरहेकाे छ । अन्य मुलुकबाट पनि काेराेनाकाे खाेप ल्याउनका लागि पहल भइरहेकाे सरकारी अधिकारीहरुले जनाएका छन् ।