logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • यी हुन् टोकियो ओलम्पिकको कान्छी खेलाडी

    यी हुन् टोकियो ओलम्पिकको कान्छी खेलाडी

    3.3K
    Shares

    एजेन्सी । पाँच वर्ष अघि ब्राजिलमा भएको रियो ओलम्पिकका नेपालकी पौडीबाज गौरिका सिंहको वाहवाही पाएकी थिइन् । त्यतिबेला विश्वभर चर्चा पाएकी गौरिकाको वाहवाही पदक जितेर भने भएको होइन । 

    गौरिकाले रियो ओलम्पिकमा सन्सारकै कान्छी खेलाडीको रुपमा चर्चा पाएकी थिइन् । त्यतिबेला गौरिकाको उमेर १३ वर्षको थियो । यसपटक टोकियो ओलम्पिकमा कान्छी खेलाडी बन्ने सौभाग्य सिरियाकी हेन्ड जाजाले पाएकी छन् । जाजा अहिले १२ वर्ष भइन् ।

    Zaza 2.jpg

    उनै १२ वर्षीय टेबल टेनिस खेलाडी जाजाको ओलम्पिक सहभागिताले अहिले विश्वभरको ध्यान खिचेको छ । जाजालाई अहिले युद्धग्रस्त सिरियाबाट ओलम्पिक खेल्ने कान्छी खेलाडी भन्दै विश्वभरका सर्मथकले बधाई दिइरहेका छन् । जाजाले एसियाली छनोट चरण पार गर्दै ओलम्पिकको यात्रा तय गरेकी हुन् । उनले एसियाली छनोटको फाइनलमा लेवनानकी ४२ वर्षीय मारियाना सहाकिनलाई हराउँदै ओलम्पिकको यात्रा पक्का गरेकी थिइन् । 

    एसियाली छनोट खेल खेल्दा उनको उमेर ११ बर्षको थियो । जाजाले आफ्नो ओलम्पिक यात्रालाई परिवार, सम्पूर्ण साथी र देशको उपहारका रुपमा लिएकी छन् । ‘यो खुशी मेरो परिवार साथी र देशका लागि उपहार हो । टेबल टेनिस खेल मेरो रगत रगतमा छ । मलाई मेरो परिवारलले भरपुर साथ दिएको छ,’ जाजाले भनेकी छन् । सिरियाको द्वन्द्वग्रस्त वातावरणमा जाजाको प्रशिक्षण त्यति राम्रो भएन । तर पनि बन्द प्रशिक्षणको तयारीले उनले ओलम्पिकमा राम्रो गर्ने प्रतिबद्धता जनाएकी छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend